Saturday, March 15, 2008

आँखा भरी......

आँखा भावुकताको चित्र बोकेर,
आत्मा भित्र सम्झनाको आकाश लिएर,
जाउ तिमी आफ्नै धूनमा
लक्ष्य् पहिल्याउन ,
मबाट लाखौं शुभकामना कोसेली स्वरुप लिएर।
नडग्मगाउ तिमी
काँडा पैतलामा बिझ्यो भनेर,
बरु लेउ द्रिढ विश्वाश मलम सम्झेर

मुटु भित्र मानबताको रगत छरेर,
मन भित्र नैतीकताको सांस् भरेर,
लम्क अब अघि बढ
शिखरलाई चुम्न
स्वदेशको माया चिनो ठानी सांचेर।
हरेश नखाउ तिमी कतै
लडे कठै भनेर,
बरु उठ पटक पटक जित्छु अब भनेर।

छातीभरि विश्वाशको दीप बालेर,
रोम रोममा रहरहरु माटोको बोकेर,
हिडि राख तिमी सधैं
गगनलाई छुन,
बुद्धको शन्ति बनि उपदेश स्वरूप लिएर।
नसुर्ताउ तिमी कहिल्यै
थाके पैतला भनेर,
बरु दौढ अब चाडै पुग्नुछ भनेर।

0 comments:

 

designer : anniebluesky : www.bloggeruniversity.blogspot.com