एक दिन एक चोटि आउंछ
एक जुगमा एक दिन एकचोटि आउंछ
उलटपुलट, उथलपुथल ,हेराफेर ल्याउँछ
लातासुधा बोल्न थाल्छन्, चाल्न ओठ दु:खको
सहे भनि सम्झिएका ईख फेर्न उठ्दछन
गये भनि नदेखिएका फर्किफर्कि आउँछन
सुते भनि सम्झिएका सूरुसुरु हिंडदछन
मरे भनि फ्यांकियेका जूरुजुरु हिंडदछन
खरानी हुन्छ भर्भराउन्दो,हुरि चल्न थालदछन
कायर पनि बीर् हुन्छन, बेग चल्छ जोशको
हाहाकार मच्छ यहाँ पाप खुल्न थालदछ
एक जुगमा एक दिन एकचोटि आउंछ।
...............................................................................................................................................................................
.................................................................................................................................................................................
सान्त्वना
तिमी नरोउ,बस केही बेर पर्ख मात्र
संसार हाक्दै अघि बढ्ने तिम्रो युद्ध
भरे तिम्रो सानो कोठामा अाइपुग्नेछ,
तिम्रै अंगालोमा अटाउन अाइपुग्नेछ,
उसको त्यो धप्प बलेको अनुहार
भरे तिम्रै मधूरो दियालोमा देखिने हुनेछ,
तिमी नरोउ, बस केही बेर पर्ख मात्र
हो, उसले आफुलाई बेग्लाबेग्लै तुल्यायो,
झ्वाट्ट चिन्न नसकिने तुल्यायो,
आफ्नो मायालु हृदयलाई ठोक्ठाक गरेर सार्हो तुल्यायो,
आफ्नो हलुका लयालु बोलीलाई कडा र गर्हौ तुल्यायो;
हो, उसको लठ्ठ परेको स्वपनील हेराइ तिखो र रुखो भयो,
उसको नरम केश लटटा परेजस्तै भयो;
किनभने उसले संसारलाई ठानेभन्दा अर्कै पायो,
उलटपुलट गरिदिनुपर्ने पायो,
उ त्यसैले योद्धा भयो, कम्मर कसेर लडिरहेछ!
होइन, उ निठुरी भएको होइन,
माया मरेको होइन,
तिमीलाई बिर्सेंको होइन,
बस केही बेर मात्र,
चाडै उ तिम्रो मायालु काखमा थकाई मार्न आउनेछ,
तिम्रै आँगालोमा अटाउन अाइपुग्नेछ,
संसार हाक्दै अघि बढ्ने तिम्रो योध्दा
भरे तिम्रो सानो कोठामा फर्कनेछ,
होइन, नआतिएउ
उ भेट्टाउन नसकिने गरि टाढा पुगेको होइन,
अाइलाग्नेमाथि जाइलागेको मात्र हो,
उ त्यसै पर पुगेको होइन।
बरु तिमी निन्यौरि नहोउ, तिमी हंसिली होउ,
तिमी उज्येली भैदेउ,
आफ्नो केही वास्ता नभएे तापनि
उसलाई तिम्रो पुरा वास्ता छ,
आँफु बेखबर लडिरहे तापनि तिम्रो खबर उ बराबर लिन्छ,
त्यसैले तिमी चहकिली होउ,
तिम्रो खबर पाउंदा उसलाई बल र साहस् आओस,
तिमी उसको शक्तिको स्रोत भैदेउ,
होइन,न आत्तिएउ,
उ भेट्टाउन नसकिने गरि पर पुगेको होइन
लडाईं खेल्दै पर पुगेकोइ योद्दा
भरे तिम्रै काखमा खेल्न अाइपुग्नेछ,
संसार हाक्दै अघि बढ्ने तिम्रो योध्दा
भरे तिम्रो सानो कोठामा फर्कनेछ।
उसले मन दर्हो पार्यो, तिमी पनि दरि भैदेउ,
उसले प्राणको निम्ती प्राण दियो त
तिमी कत्ति कम् नहोउ,
भरे
"तिम्रो मायामामा पग्ले,
प्रिये, म फर्के”
भनि तिम्रो आँचलमा
आफ्नो कालो अनुहार लुकाउन अाइपुग्यो भने
मर्नु भएन?
त्यसैले तिमी पनि प्रण गर , भनिदेउ,
“म हारेको अनुहार हेर्दिन ,
लडाईंबाट पिठ फर्काउनेको निम्ती
मेरो घरको दैला खुल्दैन,
मेरो आँगालोको हार हर्नेको निम्ती हैन,
मेरो जयमाला बिजेताको निम्ती हो”
भनिदेउ, नडराउ,
हाम्रो शिर ठाडो हुन नदिने अत्याचारको बिरुद्द
हामीलाई बोल्नै नदिने गरीबिको बिरुद्द
हामीलाई बाच्नै नदिने गरीबीको बिरुद्द,
हामीलाई केही थाहै नदिने अज्ञानताको बिरुद्द
कम्मर कसेर लडिरहेछ;
जीत उसैको हुन्छ।
भनिदेउ,
हो, तिमी उसको शक्ति भएउ,
जीत उसैको हुन्छ
उ चांडै नै फर्कन्छ ,
उसको धप्प बलेको अनुहार तिम्रै मधुर दियालोमा देखिने हुनेछ,
लडाईं खेल्दै पर पुगेको तिम्रो योद्धा
भरे तिम्रै काखमा खेल्न अाइपुग्नेछ,
संसार हाक्दै अघि बढ्ने तिम्रो योद्धा
भरे तिम्रो सानो कोठामा अाइपुग्नेछ।
Monday, March 24, 2008
MORE FROM GOPAL PRASAD RIMAL
Labels:
nepali poems,
poem
Subscribe to:
Post Comments (Atom)
1 comments:
Dear Friend
On the occasions of greatest Nepali festival Vijaya Dashami and Shuva Deepawali, Goddess Laxmi and other related God will support you and your family for progress in your Educational, Economical, Health and Every kind of social steps.
Post a Comment