आकाश पारी को त्यों गाउँ छोऊ छोऊ झै लाग्यो
चरी संगै उडदै उडदै तिमी छेउ आऊ लाग्यो
पलभरको मिलनलाई मुटुमै संगालेकी छू
तिम्रो सामू आई सबै भाव पोखु पोखु लाग्यो
आकाश पारी को त्यों गाऊ किन छोऊ छोऊ लाग्यो?
चंद्ररश्मिको उजेलीमा तिम्रो मुहर हेरू लाग्यो
झरना संगै बग्दै बग्दै तिमीलाई नै छोऊ लाग्यो
साचेर राखेकी छु हजूरकै माया याहाँ
खोल्नलाई मनको गाठो तिमी नजिक आऊ लाग्यो
आकशपारी को त्यों गाउँ किन छोऊ छोऊ लाग्यो ?
पाना भरी तिम्रै लागि पत्र कोरु कोरु लाग्यो
नानीभै तिम्रै आखा भित्र बसु बसु लाग्यो
प्रतिक्ष्यामा छु म तिम्रै नै त याहाँ
तिम्रो अधरमा शिर लुकाई किन रोऊ रोऊ लाग्यो
आकाश पारी को त्यों गाउँ किन छोऊ छोऊ लाग्यो?
Sunday, August 24, 2008
Subscribe to:
Post Comments (Atom)
2 comments:
u appear naive in the poem ,n actually u r so.just go like that.
wow nice blog. i also have a blog pls clik ads ok www.prakashmalla.blogspot.com
Post a Comment