Sunday, August 24, 2008

एस्तो पनि संसार हुदों रैछ

आमा हेर त ,
याँहा त चरिहरु स्वतंत्र भै उडदा रैछन
खै आमा गुलेली लिएका शिकारी याहा आउदैनन र??
हेर त आमा ,
याहा त दाजू भाई अनि दीदी बहिनी मिलेर काम गर्दा रैछन
खै त आमा याहा झगडा र युध्द हुदैनन र?
कस्तो अनौठो संसार यो,
पल भर पनि मैले बारूद को आवाज सुनिन
आमा हेर त,
याहा त राती पनि मानिश डर नामानी हिड्दा रैछन?
खै आमा मानिश किन स्वार्थी नभएका होलान याहा?
खै किन आमा याहा शान्ति मात्र छाएको होला.?
हेर त आमा ,
एस्तो पनि संसार हुदों रैछ,
आकाश त हाम्रो घरबाट देखीए झै याहा पनि निलै छ ,
पानी ता हामीले पिएको जस्तै छ यहाँ पनि
घास हरु हरिया नै त छन,
सबै कुरा उस्तै नै त छन आमा ,
तर किन आमा याहा कलह नभएको ?
के याहा का मानिशलाई शातिशाली हुन मन छैन?
अनि किन त येसरि एकसूत्र मा बाँधियर बसेका?

आमा हेर त ,
हेर त कस्तो मिठो अनुभब हुन्छ याहा
मन कति निर्धक्क छ याहा,
सबै मानिश मुर्ख हुन त आमा याहा का?
नभए खै त सत्ता को निम्ति लडेका?.
हेर त आमा एस्तो पनी संसार हदों रैछ…………………….

1 comments:

ad said...

so nice to read yaar,
it has got emotions ..i cant comment

 

designer : anniebluesky : www.bloggeruniversity.blogspot.com